साढे नौ अंकले बढेर १२४१.१९ अंकमा उक्लियो सेयर बजार

सोमबार कारोबार खुलेको सुरुवातमा ह्वात्तै घटेको सेयर बजार अन्ततः ९.५५ अंकको वृद्धिसँगै १२४१.१९ अंकमा पुगेर बन्द भएको छ । कारोबार सुरु भएको केही मिनेटमै १२२३.९१ अंकमा झरेको बजार एक घण्टामा १२५१.८८ अंकसम्म पुगेको थियो । त्यसपछि सामान्य उतारचढाव आएको बजार १२४१.१९ अंकमा पुगेर बन्द भएको हो । 

व्यापार, विकास बैंक र फाइनान्स क्रमशः २.९६, २.८३ र ३.७१ अंकले घटेपनि अरु सात उपसूचक बढेका छन् । बीमा सबैभन्दा धेरै १०२.८ अंकले बढेको छ । बैंकिङ, होटल जलविद्युत्, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ६.३, ६०.६७, ५.६४, ७.३१, ३.४८ र २२.८९ अंकले बढेका छन् । 

दिनभरिमा १७० वटा कम्पनीको ११ लाख ७६ हजार चार सय ९१ कित्ता सेयर पाँच हजार तीन सय १२ पटक खरिदविक्री हुँदा ४३ करोड ६८ लाख ८६ हजार आठ सय २९ रुपैयाँको कारोबार भएको छ । नविल बैंक प्रोमोटरको तीन करोड तथा सिभिल बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक प्रोमोटर, साना किसान विकास बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर र मेगा बैंकको एक करोडमाथिको कारोबार भएको छ भने नेपाल टेलिकमको ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

उन्नति माइक्रोफाइनान्स, नेपाल हाइड्रो र मिथिला लघुवित्तका सेयरधनीले क्रमशः ९.९६, ९.५२ र ६.५८ प्रतिशतका दरले कमाउँदा समता माइक्रोफाइनान्स, एनएलजी इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रभु बैंक र लक्ष्मी बैंकका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । वोमी माइक्रोफाइनान्स, सोल्टी होटल लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, एभरेष्ट बैंक सीपी र एनआईबिएल प्रगति फण्डका सेयरधनीले क्रमशः ९.२१ र ५.९१ प्रतिशतका दरले गुमाएका छन् । कञ्चन डेभलपमेन्ट बैंक, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, गोर्खाज फाइनान्स, एनसीसी बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, ङादी ग्रुप पावर, हाथवे फाइनान्स, रिडी हाइड्रो लगायतका सेय रधनीले पनि गुमाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *