मूल्यवृद्धिदर ४.१ प्रतिशतमा झर्यो, प्रक्षेपित सीमाभन्दा न्यून रहने राष्ट्र बैंकको अनुमान

मुद्रास्फीतिमा चाप पर्ने संकेतका बावजुद केही उपभोग्य वस्तुहरुको मूल्यमा भएको गिरावटका कारण २०७५ वैशाखमा उपभोक्ता मुद्रास्फीति अघिल्लो महिनाको ५.३ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा पुगेको छ । २०७४ फागुनमा यस्तो मुद्रास्फीति ६ प्रतिशतसम्म पुगेको थियो भने गत वैशाखमा ३.४ प्रतिशत मात्रै रहेको थियो । समग्रमा हेर्दा, आर्थिक वर्ष २०७४/७५ मा औसत मुद्रास्फीति प्रक्षेपित सीमाभन्दा न्यून रहने नेपाल राष्ट्र बैंकको विश्लेषण छ । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तथा नेपाली मुद्राको अमेरिकी डलरसँगको मुद्रास्फीति र तलब तथा ज्यालादर उपभोक्ता मुद्रास्फीति केहि उपभोग्य वस्तुहरुको मूल्यमा गिरावट आएका कारण मूल्यवृद्धि दरमा कमी आएको हो । 

२०७५ वैशाख मसान्तमा खाद्य मुद्रास्फीति भने ३.२ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति ०.२ प्रतिशत रहेको थियो । गत वर्षको तुलनामा मुलतः तरकारी, फलफूल, घ्यु तथा तेल, दुग्धजन्य पदार्थ तथा अण्डा लगायतका वस्तुहरुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो । 

सोही अवधिमा अवधिमा गैर–खाद्य मुद्रास्फीति ४.८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.० प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ता कपडा तथा जुत्ता, घरायसी उपयोगका सामान लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम हुन गएको हो । 

क्षेत्रगत आधारमा विश्लेषण गर्दा उपभोक्ता मुद्रास्फीति हिमालमा ६.३ प्रतिशत, पहाडमा ५.७ प्रतिशत, तराईमा ४.० प्रतिशत र काठमाडौं उपत्यकामा ३.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा २.८ प्रतिशत, पहाडमा ४.० प्रतिशत, तराईमा ३.६ प्रतिशत र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको थियो । 

२०७५ वैशाख मसान्तमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीतिदर २.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.५ प्रतिशत रहेको थियो । अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिको प्रभाव स्वरुप नेपाली बजारमा समेत निरन्तर रुपमा पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धिले समग्र थोक मुद्रास्फीतिमा चाप परेको हो । 

यता, वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ६.४ प्रतिशतले वृद्धि भएको छ । जबकि, अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १४.९ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा ९.४ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ५.६ प्रतिशतले वृद्धि भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *