१२३९.२६ अंकमा झर्यो सेयर बजार, कारोबारमा पनि गिरावट

मंगलबार सेयर बजार १.९३ अंकको गिरावटसँगै १२३९.२६ अंकमा कायम भएको छ । फाइनान्स, बीमा र उत्पादनमूलक समूह क्रमशः २.१५, १.५९ र ५.१२ अंकले बढेका छन् भने अन्य समूह स्थिर रहेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत् र लघुवित्त समूह क्रमशः २.९, १४.५९, ०.४७, २.२५ र १.१६ अंकले घटेका छन् ।

दिनभरिमा १७० वटा कम्पनीको नौ लाख ४७ हजार तीन सय ९३ कित्ता सेयर चार हजार ११ पटक खरिदविक्री हुँदा २९ करोड ९० लाख ९३ हजार पाँच सय ७९ रुपैयाँको मात्रै कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड तथा बेष्ट फाइनान्स प्रोमोटर, मेग बैंक, नेपाल टेलिकम र साना किसान विकास बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ९६ लाख, सिटिजन्स बैंकको ८९ लाख, सिभिल बैंकको ८२ लाख, ग्लोबल आईएमई बैंकको ७८ लाख र ज्योति विकास बैंक प्रोमोटरको ७६ लाखमाथिको कारोबार भएको छ ।

उन्नति माइक्रोफाइनान्स र राधी विद्युत् कम्पनीका सेयरधनीले क्रमशः ९.९५ र ७.११ प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावर, मेरो माइक्रोफाइनान्स, जलविद्युत् लगानी तथा विकास कोष, वरियन्टल होटल्स, महिला सहयात्रा माइक्रोफाइनान्स, नेशनल हाइड्रो, नेपाल लाइफ इन्स्योरेन्स, स्वदेशी लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका  छन् । 

यता, काबेली विकास बैंक र अरुण भ्याली हाइड्रोका सेयरधनीले क्रमशः ६.१२ र ५.९५ प्रतिशतका दरले गुमाएका छन् । सिद्धार्थ इन्स्योरेन्स, युनाइटेडमोदी हाइड्रो, युनाइटेड इन्स्योरेन्स, नेपाल हाइड्रो, निर्धन उत्थान बैंक, जनता बैंक, प्रभु बैंक, एभरेष्ट बैंक(सीपी) लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *