सामान्य अंकले बजार बढ्दा पनि कारोबार २० करोड ८५ लाखमा सिमित

बुधबार सेयर बजार २.८१ अंकको वृद्धिसँगै १२४२.०७ अंकमा पुगेको छ । अन्यबाहेक सबै उपसूचक बढेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः २.४३, ०.३४, १७.६४, ६.८४, ८.३४, २.२२, १८.६६, ११.६४ र ५.२५ अंकले बढेका छन् । अन्य समूह ३.१७ अंकले घटेको छ । 

दिनभरिमा १६१ वटा कम्पनीको छ लाख २० हजार आठ सय १९ कित्ता सेयर तीन हजार नौ सय ७५ पटक खरिदविक्री हुँदा २० करोड ८५ लाख ५४ हजार चार सय ४६ रुपैयाँको कारोबार भएको छ । ग्रामीण विकास लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंकको मात्रै एक करोडमाथिको कारोबार भएको छ । नविल बैंक प्रोमोटर, नेपाल टेलिकम, सनराइज बैंक, सिभिल बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर र ज्योति विकास बैंक प्रोमोटरको क्रमशः ८० लाख, ७४ लाख, ५७ लाख, ५१ लाख, ५१ लाख, ५० लाख र ५० लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

राधी विद्युत् कम्पनी, नेपाल हाइड्रो, ग्रामीण विकास लघुवित्त र अरुण भ्याली हाइड्रोका सेयरधनीले क्रमशः ९.९६, ९.५०, ७.१२ र ५.०६ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स, समता माइक्रोफाइनान्स, हिमालयन डिस्टीलरी, देवः विकास बैंक, मेगा बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले ७.२५ प्रतिशतका दरले गुमाएका छन् । ङादी ग्रुप पावर, महिला सहयात्रा माइक्रोफाइनान्स, सृजना फाइनान्स, ग्लोबल आईएमई लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्स, अरुण काबेली पावर, आरएसडीसी लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *