सामान्य भए पनि बढ्यो सेयर बजार, कारोबार ३१ करोडमाथि

साताको अन्तिम दिन सेयर बजार ५.२३ अंकको वृद्धिसँगै १२४७.३० अंकमा पुगेको छ । बीमाबाहेक सबै उपसूचक बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः २.८८, १९.४५, ४.६८, २८.७१, २.३५, ४८.८७, ३.७८ र १३.३७ अंकले बढ्दा बीमा भने ५.४७ अंकले घटेको छ ।

दिनभरिमा १६५ वटा कम्पनीको नौ लाख १२ हजार सात सय ५० कित्ता सेयर चार हजार सात सय ५६ पटक खरिदविक्री हुँदा ३१ करोड ८२ लाख नौ हजार २९ रुपैयाँको कारोबार भएको छ । प्रभु बैंक प्रोमोटर, मेगा बैंक, ग्रामीण विकास लघुवित्त, एनएमबि बैंक र नेपाल लाइफ इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, नविल बैंक प्रोमोटर, सिभिल बैंक, नेपाल टेलिकम र मुक्तिनाथ विकास बैंक प्रोमोटरको क्रमशः ८८ लाख, ८६ लाख, ८० लाख, ७९ लाख र ७३ लाख रुपैयाँको कारोबार भएको छ ।

उन्नति माइक्रोफाइनान्स, राधी विद्युा्त कम्पनी र नेपाल हाइड्रोका सेयरधनीले नौ प्रतिशत तथा किसा माइक्रोफाइनान्स, ङादी ग्रुप पावर र समता माइक्रोफाइनान्सका सेयरधनीले आठ प्रशितभन्दा बढीका दरले कमाएका छन् । अपि पावर कम्पनी र दिव्यश्वरी हाइड्रोका सेयरधनीले सात प्रतिशत तथा युनाइटेड मोदी हाइड्रो, रिलायन्स फाइनान्स लगायतका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

यता, जेविल्स फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३.७० प्रतिशतका दरले गुमाएका छन् । सिभिल लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, लक्ष्मी लघुवित्त, हिमालयन डिस्टीलरी, सानिमा इक्विटी फण्ड, आईएमई जनरल इन्स्योरेन्स, अरुण भ्याली हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, जानकी फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *