१२१० अंकमा झर्यो सेयर बजार, २६ कम्पनीका सेयरधनीले कमाए

सोमबार सेयर बजार ९.७२ अंकले घटेर १२१०.०९ अंकमा कायम भएको छ । होटल र उत्पादनमूलक समूह क्रमशः २.२६ र १.८६ अंकले बढे पनि बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, अन्य र लघुवित्त समूह क्रमशः ८.११, १०.२९, १७.१२, ०.९४, ७९.७६, ३.१ र १३.७५ अंकले घटेका छन् । 

दिनभरिमा १५८ वटा कम्पनीको पाँच लाख ७४ हजार सात सय ८१ कित्ता सेयर तीन हजार दुई सय १९ पटक खरिदविक्री हुँदा १८ करोड ५१ लाख ७०  हजार ५३ रुपैयाँको मात्रै कारोबार भएको छ । कारोबार रकम आइतबारको तुलनामा घटेको हो । आइतबार २० करोडमाथिको सेयर कारोबार भएको थियो । 

समता माइक्रोफाइनान्सको सबैभन्दा धेरै ८८ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ । नेपाल एसबीआई बैंकको ६५ लाख, एनबि बैंकको ६४ लाख, ग्रामीण विकास लघुवित्तको ५९ लाख, सेञ्चुरी बैंकको ५३ लाख, सिटिजन्स बैंकको ५२ लाख, मेगा बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको ५० लाख, नेपाल बैंकको ४९ लाख एवम् नेपाल इन्भेष्टमेन्ट बैंकको ४८ लाखमाथिको सेयर कारोबार भएको छ ।

जम्मा २६ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै खानीखोला हाइड्रोका सेयरधनीले ५.४५ प्रतिशतका दरले कमाएका छन् । नेपाल सेवा लघुवित्त, हाथवे फाइनान्स, सिनर्जी पावर, गोर्खाज फाइनान्स, मञ्जुश्री फाइनान्स, युनाइटेड मोदी हाइड्रो, छिमेक लघुवित्त, बोटलर्स नेपाल, ओम डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, जविल्स फाइनान्स र नेपाल कम्युनिटी माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ७.४० र ७.३७ प्रतिशतका दरले गुमाएका छन् । नागवेली लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक, बरुण हाइड्रो, जनउत्थान सामुदायिक लघुवित्त, समिट माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, एशियन लाइफ इन्स्योरेन्स, समता माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *