१२ सयको विन्दुबाट झर्यो सेयर बजार, नौ वटा कम्पनीका सेयरधनीले मात्रै कमाए

निरन्तर ओरालो लाग्ने क्रममा रहेको सेयर बजार मंगलबार १२ सयको विन्दुबाट झरेको छ । नेप्से परिसूचक १५.२९ अंकले घटेर ११९४.८० अंकमा कायम भएको छ ।

कारोबार भएका सबै उपसूचक घटेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त क्रमशः १२.७३, ५२.०२, १४.७२, ११.०८, ५.२८, ७८.०७, ५०.९३, ५.३१ र ३२.१७ अंकले घटेका छन् ।

कारोबार रकम सोमबारको तुलनामा बढेको छ । दिनभरिमा १६० वटा कम्पनीको छ लाख २१ हजार सात सय ९६ पटक खरिदविक्री हुँदा २३ करोड ३१ लाख तीन हजार  पाँच सय ७२ रुपैयाँको कारोबार भएको छ ।

नविल बैंक प्रोमोटर र नेपाल इन्भेष्टमेन्ट बैंकको मात्रै एक करोडमाथिको कारोबार भएको छ । यीबाहेक, धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा कुमारी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, मेग बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा बैंक, एनआईसी एशिया बैंक, नेको इन्स्योरेन्स र नेपाल एसबीआई बैंक रहेका छन् । 

जम्मा नौ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै आरम्भ माइक्रोफाइनान्सका सेयरधनीले ४.७९ प्रतिशतका दरले कमाएका छन् । सांग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, खानीखोला हाइड्रो, रिलायन्स फाइनान्स, नेशनल लाइफ इन्स्योरेन्स प्रोमोटर, कामना सेवा विकास बैंक, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड र रुरल माइक्रोफाइनान्सका सेयरधनीले पनि कमाएका छन् । 

यता, सप्तकोशी डेभलपमेन्ट बैंक, उन्नति माइक्रोफाइनान्स र बोटसर्ल नेपालका सेयरधनीले क्रमशः ७.३७, ६.७८ र ५.६७ प्रतिशतका दरले गुमाएका  छन् । नेशनल माइक्रोफाइनान्स, सिभिल लघुवित्त, नेपाल हाइड्रो, अपि पावर कम्पनी, मञ्जुश्री फाइनान्स, किसान माइक्रोफाइनान्स, सिनर्जी पावर लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *