माइक्रोफाइनान्सका चार समस्या र समाधानहरु

प्रकाशराज शर्मा, उपाध्यक्ष, माइक्रोफाइनान्स बैंकर्स एसोसिएसन । माइक्रोफाइनान्स क्षेत्रमा धेरै समस्या तथा चुनौतिहरु रहेका छन् । केही नीतिगत कारणले निम्तिएका समस्या छन् भने केही समस्या लघुवित्त संस्थाहरुकै कारण उब्जिएका छन् । त्यसमध्ये केहि समस्या तथा चुनौतिहरुलाई यसप्रकार उल्लेख गर्न सकिन्छ :
 
स्रोत : लघुवित्त क्षेत्रमा स्रोतको समस्या छ । वाणिज्य बैंक विकास र लघुवित्त वित्तीय संस्थाहरुले सर्वसाधारणबाट बचत जम्मा गर्छन् र त्यही बचतबाट लगानी गर्दछन् । तर, लघुवित्तले सर्वसाधारणबाट बचत गर्न पाउँदैनन् । त्यसैले, स्रोतहरु जुटाउनु नै लघुवित्तका लागि चुनौतीपूर्ण छ । 

व्याजदर : अर्को चुनौति भने व्याजदरमा पनि छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई कुल कर्जाको पाँछ प्रतिशत विपन्न वर्गमा लगानी गर्ने निर्देशन दिएको छ, जुन वाणिज्य बैंकहरुले लघुवित्तको माध्यमबाट गर्छन् । अहिले लघुवित्तले नै वाणिज्य बैंकहरुबाट १३/१४ प्रतिशतमा कर्जा लिइरहेका छन् । त्यसमाथि लघुवित्तलाई १८ प्रतिशतभन्दा बढी व्याज नलिनु भन्ने निर्देशन छ । १३/१४ प्रतिशत व्याजदरमा कर्जा लिएर १८ प्रतिशतमा लगानी गर्ने र त्यसबाट आएको नाफाले सञ्चालन खर्च, व्याज खर्च लगायत सबै खर्च जुटाउनुपर्दा समस्या भएको छ । १८ प्रतिशत व्याजदरमा का मगर्न लघुवित्तहरुलाई गाह्रो भइरहेको छ । 

आधार दर : राष्ट्र बैंकबाट ल्याउने व्याजदर किन १३/१४ प्रतिशत भयो भने राष्ट्र बैंकहरुले बाणिज्य बैंकहरुलाई बेस दर भन्दा कममा लगानि गर्न नपाउने भनिएको छ । बाणिज्य बैंक, विकास बैंक तथा फाइनान्सहरुलाई यो बेस दर लागु भएको छ भने माइक्रोफाइनान्सहरुमा यो बेस दर लागु भएको छैन । 

आवश्यकता भन्दा बढी संख्या : लघुवित्तहरुको शाखा तथा उपशाखा मात्र नभएर संस्थाहरु नै धेरै रहेका छन् । यो संख्या अझै बढ्दैछ । धेरै संस्थाहहरुको विकासका लागि अस्वस्थ प्रतिष्पर्धा बढिरहेको छ । दोहोरो कर्जा प्रणालीको विकास भएको छ । कर्जा प्रवाह गर्ने होडमा क्षमता नभएका व्यक्तिहरुले पनि कर्जा पाइरहेका छन् भने एउटै व्यक्तिले धेरै संस्थाबाट पनि कर्जा पाइरहेको छ । यसले गर्दा ऋणको भार बढ्न गई आत्महत्याको अवस्था समेत आएको छ । यो विषय पनि अहिले लघुवित्त क्षेत्रमा एक चुनौती बनेको छ । 

समाधानका उपायहरु
माइक्रोफाइनान्स क्षेत्रमा रहेको स्रोत व्यवस्थापनको समस्या समाधानका लागि माइक्रोफाइनान्सहरुमा पनि सर्वसाधरण बचतको व्यवस्था गर्नुपर्छ । त्यस्तै, बेस रेट लागू नगरेर कष्ट अफ फण्डको आधारमा व्याजदर निर्धारण गर्नुपर्छ । अस्वस्थ प्रतिस्पर्धा कम गर्नका लागि शाखाहरु खोल्ने नीति पनि कम गर्नु आवश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *