सेयर बजार ४.६२ अंकले बढ्यो, कारोबार १७ करोडको मात्रै

बुधबार सेयर बजार ४.६२ अंकले बढेर ११९९.४२ अंकमा पुगेको छ । जलविद्युत्, बीमा र उत्पादनमूलक समूह क्रमशः ४.४७, ४.५८ र १९.८८ अंकले घटेको भए तापनि बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, अन्य र लघुवित्त समूह क्रमशः ५.७५, २०.६७, ११.९४, ०.२१, ४.१८ र ४.४४ अंकले बढेका छन् । 

दिनभरिमा १५७ वटा कम्पनीको पाँच लाख ८३ हजार सात सय ३२ कित्ता सेयर दुई हजार आठ सय ४३ पटक खरिदविक्री हुँदा १७ करोड ३० लाख ७७ हजार छ सय ९१ रुपैयाँको कारोबार भएको छ । नेको इन्स्योरेन्सको सबैभन्दा धेरै ९२ लाखमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार गर्ने टप १० कम्पनीहरुको सूचिमा मेगा बैंक, प्राइम बैंक, एभरेष्ट बैंक, बुटवल पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, मेगा बैंक प्रोमोटर, एनएलजी इस्स्योरेन्स, नेपाल बैंक र नविल बैंक रहेका छन् । 

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ५.३१ प्रतिशतका दरले कमाएका छन् । नेपाल सेवा लघुवित्त, सिन्धु विकास बैंक, जेविल्स फाइनान्स, कालिका माइक्रोक्रेडिट, दिव्यश्वरी हाइड्रो, तिनाउ विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, रिडी हाइड्रो, हाथवे फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, रैराङ हाइड्रोका सेयरधनीले सबैभन्दा धेरै ९.७६ प्रतिशतका दरले गुमाएका छन् । एनएलजी इन्स्योरेन्स, युनिलिभर नेपाल, मिर्मिरे माइक्रोफाइनान्स, निर्धन उत्थान लघुवित्त, आईएमई जनरल इन्स्योरेन्स, आईसीएफसी फाइनान्स, मेरो माइक्रोफाइनान्स, सेन्ट्रल फाइनान्स, ग्लोबल आईएमई बैंक प्रोमोटर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *