सामान्य अंकले घट्यो सेयर बजार, कारोबार बढ्यो

विहीबार नेप्से ०.८८ अंकले घटेर ११९८.५४ अंकमा कायम भएको छ । बैंकिङ, जलविद्युत् र फाइनान्स समूह क्रमशः ०.७१, १.६५ र ३.३३ अंकले बढ्दा व्यापार समूह स्थिर रहेको छ । होटल, विकास बैंक, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ७.४८, ३.४३, १५.६७, १६.१२, २.८६ र ०.४९ अंकले घटेका छन् ।

बजार घटेपनि कारोबार बढेको छ । दिनभरिमा १६४ वटा कम्पनीको ११ लाख ४८ हजार तीन सय ६९ कित्ता सेयर तीन हजार तीन सय ६२ पटक खरिदविक्री हुँदा २४ करोड २९ लाख ८६ हजार सात सय ३८ रुपैयाँको कारोबार भएको छ । बुधबार १७ करोडको मात्रै सेयर कारोबार भएको थियो ।

सोल्टी होटलको दुई करोड तथा मेगा बैंक र नेपाल टेलिकमको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक प्रोमोटर, वरियन्टल होटल्स, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

नयाँ नेपाल लघुवित्त र आईसीएफसी फाइनान्सका सेयरधनीले क्रमशः ६.०३ र ५.३९ प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावर, सेन्ट्रल फाइनान्स, नविल इक्विटी फण्ड, मञ्जुश्री फाइनान्स, आईएमई जनरल इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, नेशनल लाइफ इन्स्योरेन्स, एनआईबिएल प्रगति फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, रिलायन्स फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै चार प्रतिशतका दरले गुमाएका छन् । मिर्मिरे माइक्रोफाइनान्स, नेशनल माइक्रोफाइनान्स, कालिका माइक्रोक्रेडिट, एनएमबि माइक्रोफाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, तारागाउँ रिजेन्सी, एक्सेल डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *