पाँच दिनमा झन्डै २० अंकले घट्यो सेयर बजार, निरुत्साहित हुँदै लगानीकर्ता

लामो समयदेखि सेयर बजार निरन्तर गिरावट को क्रमममा छन् । गत साता ९.७७ अंकले घटेको सेयर बजार यो साता १९.९२ अंकले घटेको छ । गत साता १२१८.८६ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता ११९८.५४ अंकमा कायम भएको हो । मंगलबार ११९४ अंकसम्ममा झरेको बजारमा पछि सामान्य सुधार आएको हो । 

बजार निरन्तर गिरावटको क्रममा रहँदा लगानीकर्ता पनि निरुत्साहित भएका छन् । कारोबार रकम झन्झन् घट्दो क्रममा रहेको छ । यो साताको पाँच दिनमा एक अर्ब चार करोड ३७ लाख २३ हजार आठ सय ५२ रुपैयाँको कारोबार भएको छ । गत साता एक अर्ब ११ करोडको सेयर कारोबार भएको थियो ।

यो साता नेपाल लाइफ इन्स्योरेन्स, सोल्टी  होटल, मेगा बैंक लगायतको धेरै कारोबार भएको छ । बजारमा निरन्तरको गिरावटका कारण अधिकांश कम्पनीका सेयरधनीले गुमाएका छन् । आरम्भ माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त, नयाँ नेपाल लघुवित्त, नेशनल लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले कमाएका छन् ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *