सुधारिँदै सेयर बजार : ८.०४ अंकको वृद्धि, २५ करोडको कारोबार

बुधबार सेयर बजार ८.०४ अंकले बढेर ११८८.४० अंकमा पुगेको छ । कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह ६०.८६ अंकले बढेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ४.९३, २०.८६, १३.८८, १९.५८, १.०५, १२.८६, ४.११ र १२.७६ अंकले बढेका छन् ।

बजार बढेसँगै कारोबार रकममा पनि सुधार आउन थालेको छ । दिनभरिमा १६९ वटा कम्पनीको आठ लाख ३३ हजार आठ सय ९१ कित्ता सेयर तीन हजार नौ सय ४० पटक खरिदविक्री हुँदा २५ करोड ३४ हजार छ सय नौ रुपैयाँको कारोबार भएको छ । 

छिमेक लघुवित्त, नेशनल लाइफ इन्स्योरेन्स, नागबेली लघुवित्त, नविल बैंक प्रोमोटर र सानिमा माई हाइड्रोको एक करोडमाथिको कारोबार भएको छ । सनराइज बैंक प्रोमोटरको ८९ लाख, कुमारी बैंकको ७४ लाख, स्टान्डर्ड चार्टर्ड बैंकको ६५ लाख, नेपाल इन्भभेष्टमेन्ट बैंकको ६४ लाख र नविल बैंकको ५७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

किसान माइक्रोफाइनान्स र सप्तकोसी डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ६.०२ र ५.२६ प्रतिशतका दरले कमाएका छन् । अरुण भ्याली हाइड्रो, तिनाउ विकास बैंक, वरियन्टल होटल्स, हाम्रो विकास बैंक, समिट माइक्रोफाइनान्स, सिभिल लघुवित्त, नेपाल हाइड्रो, वोमी माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

जम्मा ४३ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । रैराङ हाइड्रोका सेयरधनीले ९.८३ प्रतिशतका दरले गुमाएका छन् । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक, नागबेली लघुवित्त, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, लक्ष्मी इक्विटी फण्ड, एनआईबिएल समृद्धि फण्ड, ग्लोबल आईएमई समुन्नत स्कीम लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *