दोहोरो अंकको वृद्धिसँगै १२१२.३६ अंकमा सेयर बजार

सोमबार सेयर बजार १२.२७ अंकले बढेर १२१२.३६ अंकमा पुगेको छ । अन्य समूह २.६७ अंकले घटे पनि बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः ६.०५, १.९४, ३२.२९, २४.५९, ५०.२३, २.८८, १४७.०२, ३२.५१ र १२.६२ अंकले बढेका छन् । 

कारोबार रकम आइतबारको तुलनामा बढेको छ । दिनभरिमा १५९ वटा कम्पनीको ११ लाख ७६ हजार पाँच सय ९२ कित्ता सेयर तीन हजार तीन सय ८८ पटक खरिदविक्री हुँदा कुल ३१ करोड ८५ लाख ८२ हजार नौ सय ३८ रुपैयाँको कारोबार भएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स प्रोमोटरको पाँच करोड, नविल बैंक प्रोमोटरको दुई करोड तथा जनता बैंक, प्राइम लाइफ इन्स्योरेन्स, कृषि विकास बैंक र चिलिमे हाइड्रोको एक करोडमाथिको सेयर कारोबार भएको छ । नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्सको क्रमशः ९८ लाख, ९६ लाख, ८८ लाख र ६९ लाख रुपैयाँको कारोबार भएको छ ।

युनाइटेड मोदी हाइड्रोका सेयरधनीले सबैभन्दा धेरै ७.५० प्रतिशतका दरले कमाएका छन् । एसियन  लाइफ इन्स्योरेन्स, गण्डकी विकास बैंक, शिखर इन्स्योरेन्स, नेशनल हाइड्रो, एलआईसी नेपाल, एनआईबिएल प्रगति फण्ड, ओम डेभलपमेन्ट बैंक, एनएमबि हाइब्रिड फण्ड र सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ७.३९, ६.७७, ६.४९, ६.१७, ६.०१, ६.०१, ५.८८, ५.६७ र ५.३७ प्रतिशतका दरले कमाएका छन् ।

यता, ङादी ग्रुप पावरका सेयरधनीले ५.२३ प्रतिशतका दरले गुमाएका छन् । समता माइक्रोफाइनान्स, सिभिल लघुवित्त, प्राइम लाइफ इन्स्योरेन्स प्रोमोटर, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, स्वदेशी लघुवित्त, सेञ्चुरी बैंक प्रोमोटर, नागबेली लघुवित्त, गुहेश्वरी फाइनान्स, सिन्धु विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *