११८१.६६ अंकमा झर्यो सेयर बजार, जम्मा २४ कम्पनीका सेयरधनीले कमाए

आइतबार सेयर बजार ११.७३ अंकले घटेर ११८१.६६ अंकमा कायम भएको छ । फाइनान्स समूह २.९९ अंकले बढे पनि बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, निर्जिवन बीमा, उत्पादनमूलक, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः ७.६६, ३४.५७, १३.४२, १३.७७, ११०.६, ३.४१, ६.७१, ३२.९३ र ७०.२८ अंकले घटेका छन् । 

दिनभरिमा १६३ वटा कम्पनीको छ लाख ६१ हजार दुई सय ४६ कित्ता सेयर तीन हजार आठ सय २२ पटक खरिदविक्री हुँदा २१ करोड १२ लाख १३ हजार आठ सय २८ रुपैयाँको कारोबार भएको छ । एनसीसी बैंकको मात्रै एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, नयाँ नेपाल लघुवित्त, सिटिजन्स बैंक, साना किसान विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक, नविल बैंक प्रोमोटर, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, अरुण भ्याली हाइड्रो र नेपाल बैंक धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा छन् । 

जम्मा २४ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै तिनाउ विकास बैंकका सेयरधनीले ६.४७ प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्सका सेयरधनीले ५.६३ प्रतिशतका दरले कमाएका छन् । राधी विद्युत् कम्पनी, सृजना फाइनान्स, सिद्धार्थ इक्विटी वरियन्टेड स्कीम, सपोर्ट माइक्रोफाइनान्स, जलविद्युत् लगानी तथा विकास कोष, तारागाउँ रिजेन्सी, एभरेष्ट बैंक (सीपी), सेन्ट्रल फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, अरुण भ्याली हाइड्रो, युनाइटेड इन्स्योरेन्स, स्वरोजगार लघुवित्त र समिट माइक्रोफाइनान्सका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । गरिमा विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, एनएमबि माइक्रोफाइनान्स, सिद्धार्थ इक्विटी फण्ड, नागबेली लघुवित्त, पूर्णिमा विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *