सेयर बजारमा हरियाली, जम्मा १९ कम्पनीका सेयरधनीले गुमाए

सोमबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक १२.८४ अंकले बढेर ११९४.५० अंकमा पुगेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, उत्पादनमूलक, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः ८.०६, १५.८८, १९.०१, १.८, १३३.५१, १०.९१, ९.६३, ३५.४५ र ५४.८६ अंकले बढेका छन् । होटल समूह स्थीर रहेको छ । 

दिनभरिमा १५७ वटा कम्पनीको छ लाख ५८ हजार दुई सय ९२ कित्ता सेयर दुई हजार आठ सय ३९ पटक खरिदविक्री हुँदा १८ करोड ६५ लाख २६ हजार पाँच सय ३५ रुपैयाँको कारोबार भएको छ । बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको हो । 

नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ६० लाख र नविल बैंकको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, नेपाल बैंक, राष्ट्रिय बीमा कम्पनी, ग्लोबल आईएमई बैंक, जलविद्युत् लगानी तथा विकास कोष, नेपाल इन्स्योरेन्स, मेगा बैंक र नेपाल लाइफ इन्स्योरेन्स छन् ।

नयाँ नेपाल लघुवित्तका सेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन बैंक, जलविद्युत् लगानी तथा विकास कोष, साना किसान विकास बैंक र रिलायन्स फाइनान्सका सेयरधनीले क्रमशः ६.२७, ५.०६, ५.०५ र ५.०४ प्रतिशतका दरले कमाएका  छन् । नेशनल माइक्रोफाइनान्स, सृजना फाइनान्स, एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

जम्मा १९ कम्पनीका सेयरधनीले मात्रै गुमाएका छन् । तिनाउ विकास बैंक, सिद्धार्थ इक्विटी फण्ड, गोर्खाज फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, सानिमा इक्विटी फण्ड, नविल इक्विटी फण्ड, दिव्यश्वरी हाइड्रो, हाथवे फाइनान्स, सहयोगी विकास बैंक, जेविल्स फाइनान्स लगायतका सेयरधनीले गुमाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *