१२ अंकमा पुग्न नपाउँदै सेयर बजारमा ब्रेक

बुधबार सेयर बजार पुनः गिरावटमा फर्केको छ । नेप्से परिसूचक ४.९२ अंकले घटेर ११९४.३५ अंकमा कायम भएको छ । जलविद्युत् र उत्पादनमूलक समूह क्रमशः ३.८८ र २.९३ अंकले बढेपनि बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, निर्जिवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः ४.२७, २०.८५, ४.२८, ४.३७, ८०.२२, ०.०७, ६.७७ र २८.०७ अंकले घटेका छन् ।

दिनभरिमा १६८ वटा कम्पनीको छ लाख २९ हजार सात सय १७ कित्ता सेयर तीन हजार एक सय ५८ पटक खरिदविक्री हुँदा १६ करोड ६१ लाख ६७  हजार चार सय ३० रुपैयाँको कारोबार भएको छ । एनसीसी बैंकको मात्रै एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार गर्ने १० कम्पनीहरुमा क्रमशः नविल बैंक प्रोमोटर, नविल बैंक, सानिमा बैंक, प्रभु इन्स्योरेन्स, नयाँ नेपाल लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स, चिलिमे हाइड्रो, सिटिजन्स बैंक र नेपाल टेलिकम रहेका छन् । 

सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.९६ प्रतिशतका दरले कमाएका छन् । नेपाल सेवा लघुवित्त, रैराङ हाइड्रो, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, नयाँ नेपाल लघुवित्त, छिमेक लघुवित्त, नेशनल हाइड्रो, रिलायन्स फाइनान्स, तिनाउ विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, एनआईबिएल प्रगति फण्डका सेयरधनीले ५.८७ प्रतिशतका दरले गुमाएका छन् । सृजना फाइनान्स, साना किसान विकास बैंक, बेष्ट फाइनान्स, छ्याङ्दी हाइड्रो, कन्काई विकास बैंक, विजय लघुवित्त, नेशनल माइक्रोफाइनान्स, खानीखोला हाइड्रो, निर्धन उत्थान बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *