साताको अन्तिम दिन पनि घटेरै बन्द भयो सेयर बजार, ३४ कम्पनीका सेयरधनीले कमाए

साताको अन्तिम दिन पनि सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक ३.१५ अंकले घटेर ११९१.२० अंकमा कायम भएको छ । होटल समूह ४४.५४ अंकले बढेपनि बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः  १.४४, १.९८, १४.७९, २.६८, २७.१७, ०.५६, १५.१६ र ४९.०८ अंकले घटेका छन् । उत्पादनमूलक समूह स्थीर रहेको छ ।

दिनभरिमा १६३ वटा कम्पनीको सात लाख ९२ हजार ५५ कित्ता सेयर तीन हजार चार सय ९१ पटक खरिदविक्री हुँदा १९ करोड ३० लाख २८ हजार एक सय २४ रुपैयाँको कारोबार भएको छ । नविल बैंकको मात्रै एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, एनएमबि बैंक, सानिमा बैंक, जलविद्युत् लगानी तथा विकास कोष, मेगा बैंक, देवः विकास बैंक र नेपाल बैंक रहेका  छन् । 

जम्मा ३४ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । जानकी फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.२९ प्रतिशतका दरले कमाएका छन् । आरम्भ माइक्रोफाइनान्स, नेपाल हाइड्रो, स्वदेशी लघुवित्त, सोल्टी होटल,  महालक्ष्मी विकास बैंक, देवः विकास बैंक, एनसीसी बैंक, वरियन्टल होटल्स, सपोर्ट माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, कन्काई विकास बैंकका सेयरधनीले ४.५४ प्रतिशतका दरले गुमाएका छन् । स्वरोजगार लघुवित्त, एनएमबि हाइब्रिड फण्ड, प्रोग्रेसिभ फाइनान्स, बेष्ट फाइनान्स, आरएसडीसी लघुवित्त, समिट माइक्रोफाइनान्स, नेशनल हाइड्रो, मञ्जुश्री फाइनान्स, नयाँ नेपाल लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *