३.६२ अंकले बढ्यो सेयर बजार, झन्डै साढे १८ करोडको कारोबार

आइतबार सेयर बजार ३.६२ अंकले बढेर ११९४.८२ अंकमा पुगेको छ । बैंकिङ, विकास बैंक, निर्जिवन बीमा, अन्य र जीवन बीमा समूह क्रमशः २.९४, ६.७७, ९.९२, ६.३६ र ५२.६७ अंकले बढेका छन् । होटल, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः २०.१४, ३.९९, १.१२, ६.८२ र १.५ अंकले घटेका छन् । 

दिनभरिमा १५३ वटा कम्पनीको सात लाख ८१ हजार चार सय ८४ कित्ता सेयर दुई हजार नौ सय ८५ पटक खरिदविक्री हुँदा १८ करोड ४९ लाख नौ हजार दुई सय ७० रुपैयाँको कारोबार भएको छ । जलविद्युत् लगानी तथा विकास कोषको सवा एक करोडको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीको सूचिमा क्रमशः एनसीसी बैंक, नेपाल बैंक, एनएमबि बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक, सानिमा माई हाइड्रो, एभरेष्ट बैंक, एनबि बैंक र सेञ्चुरी बैंक रहेका छन् । 

नेशनल हाइड्रो र जलविद्युत् लगानी तथा विकास कोषका सेयरधनीले क्रमशः ७.५० र ५.३६ प्रतिशतका दरले कमाएका छन् । सृजना फाइनान्स, मञ्जुश्री फाइनान्स, नविल इक्विटी फण्ड, नेरुडे लघुवित्त, युनाइटेड मोदी हाइड्रो, एलआईसी नेपाल, ज्योति विकास बैंक, एनएमबि बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, सिटी एक्सप्रेस फाइनान्स र नेपाल हाइड्रोका सेयरधनीले क्रमशः ९.६७ र ५.११ प्रतिशतका दरले गुमाएका छन् । प्रोग्रेसिभ फाइनान्स, गोर्खाज फाइनान्स, नागबेली लघुवित्त, एनसीसी बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, एनआईसी एशिया ग्रोथ फण्ड, जेविल्स फाइनान्स, समिट माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *