मंगलबार पनि घट्यो सेयर बजार, पौने १७ करोडको कारोबार

मंगलबार पनि सेयर बजार घटेको छ । विकास बैंक, जलविद्युत् र फाइनान्सबाहेक सबै उपसूचक घटेपछि समग्र नेप्से परिसूचक २.९१ अंकको गिरावटसँगै ११९१.४७ अंकमा कायम भएको छ । बैंकिङ, होटल, निर्जिवन बीमा, उत्पादनमूलक, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः २.२६, १७.१८, २४.९५, ५.३६, २.४६, ५.६१ र २७.६१ अंकले घटेका छन् । बैंकिङ, होटल र विकास बैंक क्रमशः ३.११, २.९८ र ०.७८ अंकले बढेका छन् । 

दिनभरिमा १६३ वटा कम्पनीको पाँच लाख ७८ हजार नौ सय ३३ कित्ता सेयर तीन हजार एक सय ८९ पटक खरिदविक्री हुँदा १६ करोड ७७ लाख ३९ हजार छ सय ९७ रुपैयाँको कारोबार भएको छ । एनएमबि बैंकको सबैभन्दा धेरै ७८ लाख रुपैयाँको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीमा नेपाल इन्भेष्टमेन्ट बैंक, लुम्बिनी विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नविल बैंक , सानिमा बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, एनसीसी बैंक र जलविद्युत् लगानी तथा विकास कोष रहेका छन् ।

५९ वटा कम्पनीका सेयरधनीले कमाएका  छन् । सबैभन्दा धेरै सिद्धार्थ इक्विटी वरियन्टेड स्कीमका सेयरधनीले चार प्रतिशतले कमाएका छन् । सहयोगी विकास बैंक, सृजना फाइनान्स, लुम्बिनी विकास बैंक, पोखरा फाइनान्स, रैराङ हाइड्रो, गुडविल फाइनान्स, युनाइटेड मोदी हाइड्रो, सांग्रिला डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, सिटी एक्सप्रेस फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.८६ प्रतिशतका दरले गुमाएका छन् । नेरुडे लघुवित्त, सूर्या लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, किसान माइक्रोफाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, जलविद्युत् लगानी तथा विकास बैंक, सूर्योदय लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *