सामान्य अंकले बढ्यो सेयर बजार, कारोबारमा पनि सुधार

बुधबार सेयर बजार २.४० अंकले बढेर ११९३.८७ अंकमा पुगेको छ । जलविद्युत्, फाइनान्स अन्य समूह क्रमशः ०.५६, ३.७ र ४.७२ अंकले घटे तापनि बैंकिङ, होटल, विकास बैंक, निर्जिवन बीमा, उत्पादनमूलक, लघुवित्त र जीवन बीमा समूह क्रमशः २.८१, ११.२५, ३.४७, ३२.४१, १.८६, ७.३८ र २८.८४ अंकले बढेका छन् । 

दिनभरिमा १५४ वटा कम्पनीको सात लाख ६६ हजार सात सय ८९ कित्ता सेयर तीन हजार ८१ पटक खरिदविक्री हुँदा कुल २२ करोड २१ हजार चार सय २३ रुपैयाँको कारोबार भएको छ । नेको इन्स्योरेन्स प्रोमोटरको चार करोड ४८ लाख र एनएमबि बैंकको दुई करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीको सूचिमा प्राइम लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, नविल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नविल बैंक प्रोमोटर, एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् । 

सेन्ट्रल फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.४५ प्रतिशतका दरले कमाएका छन् । लुम्बिनी विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, नेरुडे लघुवित्त, कर्पोरेट डेभलमपेन्ट बैंक, समिट माइक्रोफाइनान्स, एलआईसी नेपाल, निर्धन उत्थान बैंक, ग्लोबल आईएमई लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, सिटि एक्सप्रेस फाइनान्स र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले क्रमशः ९.४८ र ५.१७ प्रतिशतका दरले गुमाएका छन् । काबेली विकास बैंक, गुडविल फाइनान्स, हाथवे फाइनान्स, युनाइटेड मोदी हाइड्रो, तिनाउ विकास बैंक, तारागाउँ रिजेन्सी, सप्तकोसी डेभलपमेन्ट बैंक, रिडी हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *