२.५६ अंकको गिरावटसँगै ११९१.३१ अंकमा सेयर बजार

साताको अन्तिम दिन सेयर बजार २.५६ अंकको गिरावटसँगै ११९१.३१ अंकमा कायम भएको छ । बैंकिङ र उत्पादनमूलक समूह क्रमशः ०.७३ र १.१७ अंकले बढे तापनि होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः २.२५, ८.२७, १.५६, १.९६, ५७.३७, ४.३९, १०.७२ र २६.०६ अंकले घटेका छन् ।

दिनभरिमा १६२ वटा कम्पनीको छ लाख ७२ हजार तीन सय ६८ कित्ता सेयर दुई हजार नौ सय ९२ पटक खरिदविक्री हुँदा २० करोड ७९ लाख २१ हजार चार सय ७० रुपैयाँको कारोबार भएको छ । सानिमा माई हाइड्रोको तीन करोड तथा सिभिल बैंक प्रोमोटर, ग्लोबल आईएमई बैंक र एलआईसी नेपालको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीको सूचीमा क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, फस्र्ट माईक्रोफाइनान्स, नविल बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स, एभरेष्ट बैंक र प्राइम लाइफ इन्स्योरेन्स छन् । 

बेष्ट फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.०८ प्रतिशतका दरले कमाएका छन् । प्रोग्रेसिभ फाइनान्स, खानीखोला हाइड्रो, ङादी ग्रुप पावर, ग्लाबेल आईएमई बैंक, आईएमई जनरल इन्स्योरेन्स, एनआईबिएल प्रगति फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, लक्ष्मी इक्विटी फण्ड, आरम्भ माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।  

यता, सिटि एक्सप्रेस फाइनान्सका सेयरधनीले ९.६७ प्रतिशतका दरले गुमाएका छन् । गोर्खाज फाइनान्स, मिथिला लघुवित्त, ग्रमीन डेभलपमेन्ट बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, राधी विद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स, समता माइक्रोफाइनान्स, नेशनल हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *