१.४३ अंकको गिरावटसँगै ११८९.८८ अंकमा सेयर बजार

आइतबार सेयर बजार १.४३ अंकको गिरावटसँगै ११८९.८८ अंकमा कायम भएको छ । बैंकिङ, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा र उत्पादनमूलक समूह क्रमशः ३.५१, ५.६५, ०.९७, ३०.९२ र २०.०६ अंकले घटेका छन् भने होटल, विकास बैंक, अन्य, लघुवित्त र निर्जिवन बीमा समूह क्रमशः ४.२४, ११.१७, ६.४९, ०.२१ र ३.६४ अंकले बढेका छन् । 

दिनभरिमा १६० वटा कम्पनीको पाँच लाख ९७ हजार पाँच सय ९७ कित्ता सेयर दुई हजार नौ सय ८९ पटक खरिदविक्री हुँदा १६ करोठ ७० लाख ४९ हजार छ सय ८४ रुपैयाँको कारोबार भएको छ । सानिमा माई हाइड्रोको सबैभन्दा धेरै ८० लाखको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा क्रमशः महुली सामुदायिक लघुवित्त, एभरेष्ट बैंक, नविल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, चिलिमे हाइड्रो, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, नेपाल इन्भेष्टमेन्ट बैंक, सहयोगी विकास बैंक र सिटिजन्स बैंक रहेका छन् । 

सिटिी एक्सप्रेस फाइनान्सका सेयरधनीले ९.८२ प्रतिशतका दरले कमाएका छन् । आरएमडीसी लघुवित्त, महालक्ष्मी विकास बैंक, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, खानीखोला हाइड्रो, ओम डेभलपमेन्ट बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, जेविल्स फाइनान्स, मिर्मिरे लघुवित्त, हिमालयन डिस्टीलरी लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, आईएमई जनरल इन्स्योरेन्स र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले क्रमशः ५.३० र ५.२६ प्रतिशतका दरले गुमाएका छन् । रैराङ  हाइड्रो, महुली सामुदायिक लघुवित्त, लक्ष्मी भ्यालु फण्ड, रिडी हाइड्रो, ङादी ग्रुप पावर, स्टान्डर्ड चार्टर्ड बैंक, स्वरोजगार लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *