११८९.६७ अंकमा झर्यो सेयर बजार, कारोबार १९ करोडमा सिमित

सोमबार सेयर बजार ०.२१ अंकले घटेर ११८९.६७ अंकमा कायम भएको छ । बैंकिङ, व्यापार, जलविद्युत्, फाइनान्स र लघुवित्त समूह क्रमशः १.२३, २.११, ०.८५, १.१८ र ६.३६ अंकले बढेका छन् भने होटल, विकास बैंक, निर्जिवन बीमा, उत्पादनमूलक, अन्य र जीवन बीमा समूह क्रमशः ६.०३, ४.९८, ०.०९, ०.०७, ४.७३ र १६.७३ अंकले घटेका छन् ।

दिनभरिमा १४८ वटा कम्पनीको सात लाख ९६ हजार सात सय ३४ कित्ता सेयर दुई हजार आठ सय ७४ पटक खरिदविक्री हुँदा १९ करोड १७ लाख ४८ हजार एक सय २० रुपैयाँको कारोबार भएको छ । प्रोग्रेसिभ फाइनान्स प्रोमोटरको दुई करोड र छिमेक लघुवित्तको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीको सूचिमा प्रोग्रेसिभ फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, नविल बैंक, सानिमा माई हाइड्रो, सिद्धार्थ बैंक, शिखर इन्स्योरेन्स र स्टान्डर्ड चार्टर्ड बैंक रहेका छन् । 

सपोर्ट माइक्रोफाइनान्स र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले क्रमशः ९.९६ र ८.३३ प्रतिशतले कमाएका छन् । रिडी हाइड्रो, छिमेक लघुवित्त, साल्ट ट्रेडिङ, स्वरोजगार लघुवित्त, राधी विद्युत् कम्पनी, अरुण काबेली पावर, आईएमई जनरल इन्स्योरेन्स, नेशनल माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, मल्टिपर्पोज फाइनान्सका सेयरधनीले ८.६३ प्रतिशतका दरले गुमाएका छन् । सिटी एक्सप्रेस फाइनान्स, नयाँ नेपाल लघुवित्त, सूर्योदय लघुवित्त, हाथवे फाइनान्स, युनाइटेड मोदी हाइड्रो, जानकी फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, नविल इक्विटी फण्ड लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *