१.४६ अंकको गिरावटसँगै ११८८.२१ अंकमा सेयर बजार

मंगलबार सेयर बजार १.४६ अंकले घटेर ११८८.२१ अंकमा कायम भएको छ ।  होटल, निर्जिवन बीमा र अन्य समूह क्रमशः ३२.३४, ११.०५ र २.४१ अंकले बढे पनि बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, लघुवित्त र जीवन बीमा समूह क्रमशः ०.७७, १.३१, ४.९६, ४.०३, २५.४२, १०.८१ र ३९.८३ अंकले घटेका छन् । 

दिनभरिमा १५७ वटा कम्पनीको नौ लाख नौ हजार तीन सय ४१ कित्ता सेयर तीन हजार पाँच सय २५ पटक खरिदविक्री हुँदा २१ करोड ३७ लाख ९१ हजार तीन सय १५ रुपैयाँको कारोबार भएको छ । परिसूचक घटेपनि कारोबार रकम सोमबारको तुलनामा बढेको हो । 

प्रोग्रेसिभ फाइनान्स प्रोमोटरको तीन करोड ४६ लाख तथा फस्र्ट माइक्रोफाइनान्स र छिमेक लघुवित्तको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीको सूचिमा क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, प्रोग्रेसिभ फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् । 

सपोर्ट माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स र भार्गव विकास बैंकका सेयरधनीले क्रमशः ९.९३, ९.४० र ८.८० प्रतिशतले कमाएका छन् । आरम्भ माइक्रोफाइनान्स, युनाइटेड इन्स्योरेन्स, किसान माइक्रोफाइनान्स, बरुण हाइड्रो, सोल्टी होटल, सृजना फाइनान्स, सगरमाथा इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, फस्र्ट माइक्रोफाइनान्सका सेयरधनीले ९.५१ प्रतिशतका दरले गुमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स, सिनर्जी पावर, नेरुडे लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त, सिभिल लघुवित्त, जानकी फाइनान्स, राधी विद्युत् कम्पनी, अपि पावर कम्पनी लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *