०.८९ अंकको गिरावटसँगै ११८७.३२ अंकमा सेयर बजार, कारोबार १५ करोड नजिक

बुधबार सेयर बजार ०.८९ अंकले घटेर ११८७.३२ अंकमा कायम भएको छ । होटल, जलविद्युत् र अन्य समूह क्रमशः ३७.४६, २.२८ र १.२६ अंकले बढे पनि बैंकिङ, विकास बैंक, फाइनान्स, निर्जिवन बीमा, उत्पादनमूलक, लघुवित्त र जीवन बीमा समूह क्रमशः १.५७, ०.०१, ०.४२, ४.२१, ९.२३, १.४१ र २२.३६ अंकले घटेका छन् ।

दिनभरिमा १६२ वटा कम्पनीको चार लाख ७४ हजार आठ सय ६१ कित्ता सेयर तीन हजार एक सय ६७ पटक खरिदविक्री हुँदा १४ करोड ९१ लाख ९७ हजार सात सय ९५ रुपैयाँको कारोबार भएको छ । धेरै कारोबार भएका टप १० कम्पनीहरुमा क्रमशः फस्र्ट माइक्रोफाइनान्स, एभरेष्ट बैंक, एनएमबि बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, प्राइम लाइफ इन्स्योरेन्स, एनआईसी एशिया बैंक र सेञ्चुरी बैंक रहेका छन् । 

सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.९२ प्रतिशतका दरले कमाएका छन् । सृजना फाइनान्स, ओम डेभलपमेन्ट बैंक, सोल्टी होटल, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, नेरुडे लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक, निर्धन उत्थान लघुवित्त, स्वाबलम्बन लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, नयाँ नेपाल लघुवित्त र विजय लघुवित्तका सेयरधनीले क्रमशः ५.३२ र ५.२९ प्रतिशतका दरले गुमाएका छन् । पूर्णिमा विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, हिमालयन पावर पार्टनर, युनाइटेड इन्स्योरेन्स, किसान माइक्रोफाइनान्स, मिर्मिरे लघुवित्त,  आईसीएफसी फाइनान्स, सूर्योदय लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *