ओप्पोको मिड–रेञ्ज स्मार्टफोन नेपाली बजारमा

स्मार्टफोन निर्माता कम्पनी ओप्पोले नेपाली बजारमा मिड–रेञ्ज स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले सुपर फूल नोच स्क्रिनसहित ६ दशमलव २ इञ्च डिस्प्ले भएको एथ्रीएस सार्वजनिक गरेको हो । कम्पनीको मिड–रेञ्ज स्मार्टफोन भए पनि यसमा डुअल क्यामरा सेटअप, नोचसहितको सुपर स्क्रिन डिस्प्लेका साथै हाई–रेसियो स्क्रिनलगायत विशेषता रहेका छन् । फोनमा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको कम्पनीको भनाइ छ । यसको बजार मूल्य १९ हजार ४ सय ९० रुपैयाँ निर्धारण गरिएको कम्पनीको भनाइ छ ।

ओप्पो एथ्रीएसमा २ जीबी र्‍याम र १६ जीबी आन्तरिक सञ्चय क्षमता रहेको छ । फोनमा कलरओएस ५.१मा आधारित एण्ड्रोइड ८.१ ओरियो सञ्चालन प्रणाली उपलब्ध हुनेछ । नयाँ स्मार्टफोनमा १३ एमपी + २ एमपी डुअल रियर क्यामरा सेटअप र सेल्फीका लागि ८ एमपी सेन्सरको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *