नेपालबाट बंगलादेशले पाँच सय मेगावाट विद्युत् खरिद गर्ने

नेपालको जलविद्युत क्षेत्रमा अहिलेसम्म भारत र चीनको मात्रै लगानी रहेकोमा अब बंगलादेश पनि थपिएको छ । बंगलादेशसँग शुक्रबार नै उर्जा क्षेत्रमा लगानी गर्ने समझदारी भएको छ । उर्जा क्षेत्रमा लगानीका लागि शुक्रबार नेपाल र बंगलादेशबीच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर समेत भएको छ । सम्झौतापत्रमा नेपालको तर्फबाट जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका छन् ।

बंगलादेशले नेपाली लगानीकर्तासँग साझेदारीमा ऊर्जा विकासमा संयुक्त रुपमा लगानी गर्ने भएको हो । त्यसैगरि भारतको जिएमरआर कम्पनीले निमार्ण गर्ने माथिल्लो कर्णाली आयोजनाबाट बंगलादेशले ५०० मेगावाट बिजुली खरिद गर्ने पनि सहमति भएको छ । यसका लागि प्रसारण लाइन जोड्ने विषयमा बिमेस्टेक सम्मेलनमा छलफल गर्ने समझदारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *