सुबिसुको सेल्स आउटलेट काठमाडौंको कलंकीमा

सुबिसु केवलनेट प्रालिले आफ्नो पाचौं सेल्स आउटलेट “सुबिसु स्टेसन” काठमान्डौंको कलंकीमा सञ्चालन गरेको छ । कम्पनीका सञ्चालकसुरेन्द्र बहादुर श्रेष्ठले सो स्टेसनको उद्घाटन गरे ।

यस स्टेसनबाट सुबिसुले कलंकी तथा यस क्षेत्र वरिपरिकाग्राहकहरुलाई सुबिसुको सेवासँग सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदानगर्ने, सो सेवाहरुको विक्रि तथा वितरण साथै सेवा पछिको  After Sales Support  आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्नेछ । 

यस स्टेसनको स्थापनासगैं हाल सुबिसु स्टेसनहरु ललितपुरको झम्सीखेल, काठमाण्डौंको रानीबारी, सुकेधारा, दिल्लीबजार र कलंकीमारहेका छन्  साथै कम्पनीको आगामी दिनहरुमा आफ्ना बिभिन्न क्षेत्रका ग्राहकहरुको आवश्यकता परिपूर्ती गर्न बिभिन्न स्थानहरुमा थप आउटलेटहरु स्थापनागर्ने योजना रहेको छ । 
सुबिसु नेपालको पहिलो कम्पनीहो जसले एउटै तारबाट ग्राहकहरुलाई ईन्टरनेट र टिभि सेवा प्रदान गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *