११७५.७२ अंकमा झर्यो सेयर बजार, साढे २० करोडको कारोबार

आइतबार सेयर बजार २.७८ अंकले घटेर ११७५.७२ अंकमा कायम भएको छ । उत्पादनमूलक समूह १४.१७ अंकले बढेपनि बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूह क्रमशः १.०३, ०.०४, ११.५, २.०६, १.६१, ४२.४८, २.७, १२.६२ र १.८८ अंकले घटेका छन् ।

दिनभरिमा १४६ वटा कम्पनीको छ लाख नौ हजार दुई सय ५७ कित्ता सेयर दुई हजार पाँच सय ७५ पटक खरिदविक्री हुँदा २० करोड ५५ लाख ५८ हजार छ सय ४३ रुपैयाँको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटरको पाँच करोड तथा प्रभु बैंक प्रोमोटरको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका टप १० कम्पनीको सूचिमा क्रमशः एनएमबि बैंक, नागरिक लगानी कोष, नविल बैंक, मुक्तिनाथ विकास बैंक प्रोमोटर, बैंक अफ काठमाण्डू, एनएलजी इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक र सूर्योदय लघुवित्त रहेका छन् । 

ङादी ग्रुप पावरका सेयरधनीले सबैभन्दा धेरै ४.१९ प्रतिशतका दरले कमाएका छन् । बैंक अफ काठमाण्डू, छ्याङ्दी हाइड्रो, एनआईबिएल प्रगति फण्ड, सूर्योदय लघुवित्त, बेष्ट फाइनान्स, हिमालयन डिस्टीलरी, बोटलर्स नेपाल, महिला सहयात्रा माइक्रोफाइनान्स, एनसीसी बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, कर्णाली डेभलपमेन्ट बैंक, आईएमई जनरल इन्स्योरेन्स र एनएमबि माइक्रोफाइनान्स लगायतका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । यसबाहेक, नेशनल माइक्रोफाइनान्स, बरुण हाइड्रो, नागबेली लघुवित्त, नागरिक लगानी कोष, विजय लघुवित्त, एनएलजी इन्स्योरेन्स, मिर्मिरे माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *