नेशनल क्यापीटल लाइफटाइम एवार्ड जंगमलाई, सांगीतिक पत्रकारिता सम्मान अधिकारीलाई 

विगत ५ बर्षदेखि सुगम सांगीतिक एवं साँस्कृतिक र सास्त्रिय संगीतको क्षेत्रमा सक्रिय रहँदै आएको क्यापीटल इभेन्टले यो बर्षको विएफडियर हिल नेशलन क्यापीटल लाइफटाइम एचिभमेन्ट एवार्ड बरिष्ठ संगीतकार दीपक जंगमलाई प्रदान गर्ने भएको छ । त्यसैगरी यो बर्षको विएफडियर हिल सांगीतिक पत्रकारिता सम्मान महिला पत्रकार गीता अधिकारीलाई प्रदान गर्ने भएको छ । आयोजकका समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको नेशनल क्यापीटल म्यूजिक एवार्ड कार्यक्रम संयोजक कविता धितालले जानकारी गराएकी छन् । उनका अनुसार आगामी भदौ १७ गते नेपाल पर्यटन बोर्डको सभाहलमा चौथौ विएफडियर हिल नेशनल क्यापीटल म्यूजिक एवार्ड प्रदान गरीजने छ । उक्त समारोहमा नेपाली आधुनिक गीतसंगीत क्षेत्रमा करिव ३५ विधामा सक्रिय श्रष्ठाहरुलाई एवार्ड वितरण गरिने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *