११७२.३० अंकमा झर्यो सेयर बजार, सबै उपसूचक घटे

बैंकिङ खबर । बुधबार सेयर बजार ४.७९ अंकले घटेर ११७२.३० अंकमा कायम भएको छ । सबै उपसूचक ओरालो लागेका छन् । दिनभरिमा १६३ वटा कम्पनीको छ लाख चार हजार चार सय ३८ कित्ता सेयर तीन हजार दुई सय ७४ पटक खरिदविक्री हुँदा १९ करोड २१ लाख ५६ हजार तीन सय २६ रुपैयाँको कारोबार भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको मात्रै एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीको सूचिमा क्रमशः एनएमबि बैंक, मेगा बैंक, नेपाल लाइफ इन्स्योरेन्स, चिलिमे हाइड्रो, एलआईसी नेपाल, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर र नविल बैंक प्रोमोटर रहेका छन् । 

जम्मा ३२ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । ङादी ग्रुप पावर र एनएमबि माइक्रोफाइनान्सका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । रिडी  हाइड्रो, खानीखोला हाइड्रो, सगरमाथा इन्स्योरेन्स, सप्तकोसी डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, सपोर्ट माइक्रोफाइनान्स, पोखरा फाइनान्स लगायका सेयरधनीले पनि कमाएका छन् ।

यता, कालिका माइक्रोक्रेडिटका सेयरधनीले ५.१६ प्रतिशतका दरले गुमाएका छन् । नयाँ नेपाल लघुवित्त, किसान माइक्रोफाइनान्स, समता माइक्रोफाइनान्स, बोटलर्स नेपाल, सेन्ट्रल फाइनान्स, नेपाल हाइड्रो, नेपाल इन्स्योरेन्स, गरिमा विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *