चार दिनमा नेप्से ३.१९ अंकले घट्यो, कारोबार झन्डै ८० करोड

यो साताको चार दिन सेयर कारोबार भयो, जसमध्ये, दुई दिन घट्यो र दुई दिन बढ्यो । साताको सुरुवात नै गिरावटबाट भएको बजार मंगलबार बढेको थियो ।  तर, बुधबार पुनः घट्यो । विहीबार सेयर बजार ९.३९ अंकको वृद्धिसँगै ११८१.६९ अंकमा कायम भएको छ । गत साताको अन्तिम दिन सेयर बजार ११७८.५० अंकमा बन्द भएको थियो । यस आधारमा हेर्दा साताभरमा ३.१९ अंकले मात्रै घटेको देखिन्छ । 

कारोबार रकम पनि गत साताको तुलनामा घटेको छ । यो साता चार दिनमा ७९ करोड ९२ लाख दुई हजार तीन सय ३७ रुपैयाँको कारोबार भएको छ । कुल १८० कम्पनीको २५ लाख ४२ हजार सात  सय १० कित्ता सेयर ११ हजार ७ सय ८८ पटक खरिदविक्री भएका छन् । गत साता पाँच दिनमा एक अर्ब १७ करोड ७५ लाख ७१ हजार छ सय १५ रुपैयाँको सेयर कारोबार भएको थियो ।

साताभरमा सबैभन्दा बढी कारोबार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संस्थापक सेयरको भएको छ, जसको सात करोड ३९ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चार करोड ४५ लाख ८० हजार रुपैयाँ, एनएमबि बैंक लिमिटेडको चार करोड सात लाख ५० हजार रुपैयाँ, एनआइसी एसिया बैंकको तीन करोड ३३ लाख ८० हजार रुपैयाँ र एनएलजी इन्स्योरेन्सको दुई करोड ४९ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

एनएमबि बैंकको सबैभन्दा धेरै एक लाख ३२ हजार कित्ता सेयर खरिदविक्री भएकाम छन् । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको सेयरको सबैभन्दा धेरै पाँच सय ८८ पटक खरिदविक्री भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *