३.९८ अंकको वृद्धिसँगै १२१०.२४ अंकमा सेयर बजार

मंगलबार सेयर बजार ३.९८ अंकले बढेर १२१०.२४ अंकमा पुगेको छ । जलविद्युत्, उत्पादनमूलक, लघुवित्त र जीवनबीमा समूह क्रमशः ९.८, ०.७८, ०.२३ र ०.५४ अंकले घटेका छन् भने बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, निर्जिवन बीमा र अन्य समूह क्रमशः ६.०४, १६.०९, ६.३६, ०.१९, २.३ र ०.९५ अंकले बढेका छन् ।

दिनभरिमा १७२ वटा कम्पनीको १७ लाख ५५ हजार पाँच सय ८७ कित्ता सेयर पाँच हजार सात सय ४० पटक खरिदविक्री हुँदा ५२ करोड १९ लाख २२ हजार पाँच सय ७२ रुपैयाँको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटरको मात्रै १० करोडमाथिको कारोबार भएको छ भने एनआईसी एशिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड तथा लक्ष्मी बैंक, कुमारी बैंक र एनएमबि बैंकको दुई करोडमाथिको सेयर कारोबार भएको छ । सिभिल बैंकको डेढ करोड र प्राइम बैंकको एक करोडमाथिको कारोबार भएको छ । जनता बैंकको पनि झन्डै एक करोडको कारोबार भएको छ । मेगा बैंकको ९० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

काबेली विकास बैंक र एभरेष्ट बैंक(सीपी)का सेयरधनीले क्रमशः ९.२६ र ७.९३ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, एनआईसी एशिया बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, नाडेप लघुवित्त, लुम्बिनी विकास बैंक, नयाँ नेपाल लघुवित्त, सानिमा इक्विटी फण्ड, कालिका माइक्रोक्रेडिट लगायतका सेयरधनीले पनि कमाएका छन् ।

अरुण काबेली पावरका सेयरधनीले सबैभन्दा धेरै ३.९८ प्रतिशतका दरले गुमाएका छन् । गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, हाथवे फाइनान्स, स्वरोजगार लघुवित्त, सानिमा माई हाइड्रो, बेष्ट फाइनान्स, आईएमई जनरल इन्स्योरेन्स, ग्लोबल आईएमई लघुवित्त, दिव्यश्वरी हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *