मनाङमा देशकै अग्लो झोलुंगे पुल

मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन्। खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ।

केही दिनअघि नाशोङ गाउँपालिकाका इञ्जिनीयर सुभास पाण्डेयलगायतका टोलीले नाप जाँच गरेपछि पुलको वास्तविक उचाइ पत्ता लागेको हो। चार वर्षअघि नै पुल निर्माण गरिए पनि यसको वास्तविक उचाइ सार्वजनिक भएको थिएन।

विसं २०७२ मा निर्माण भएको यस पुल विश्वकै पाँचौं नम्बरमा पर्छ। हालसम्म विश्वको तथ्याङ्क हेर्दा सबैभन्दा अग्लो पुल चीनमा छ। चीनको डुङ्ग्रे ब्रिज ५६५ मिटर अग्लो छ। त्यस्तै, चीनकै सिदु पुल ४९६, पुल्ली पुल ४८५, एचीपुल ४३४ मिटर अग्लो छ। 

हालसम्म नेपालको अग्लो झोलुङ्गे पुल भनेर चिनिएको पर्वत कुश्माको पुलको उचाइ जम्मा १६६ मिटर छ। ‘हामीले प्राविधिक हिसाबले नै नापजाँच गरेका हौँ। पुलको वास्तविक उचाइ ४१२ मिटर छ, इञ्जिनीयर पाण्डेयले भने, ुअब यसको प्रचार देशभरि गर्नुपर्छ। यसले पनि मनाङको पर्यटन बढाउन सहयोग गर्छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *