४.३६ अंकले घट्यो सेयर बजार, कारोबार ७९ करोडमाथि

बैंकिङ खबर । साताको अन्तिम दिन आएर सेयर बजार ४.३६ अंकको गिरावटसँगै १२२९.७७ अंकमा कायम भएको छ । व्यापार, उत्पादनमूलक र अन्य समूह क्रमशः ३.७६, २०.४१ र १४.०५ अंकले बढे पनि बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बीमा, लघुवित्त र जीवनबीमा समूह क्रमशः ५.०९, ४.९४, १५.०९, १५.९६, ३.२२, ८४.०७, १५.०८ र ३८.८२ अंकले घटेका छन् ।

दिनभरिमा १७४ वटा कम्पनीको ३२ लाख २८ हजार पाँच सय ६९ कित्ता सेयर आठ हजार पाँच सय ८५ पटक खरिदविक्री हुँदा ७९ करोड ३३ लाख ८६ हजार तीन सय ६८ रुपैयाँको कारोबार भएको छ । एनएमबि बैंकको मात्रै १० करोडमाथिको कारोबार भएको छ । एसियन लाइफ इन्स्योरेन्स प्रोमोटरको साढे पाँच करोडको करोबार भएको छ । कुमारी बैंक, प्राइम बैंक, ग्लोबल आईएमई बैंक प्रोमोटर, नेपाल बैंक र एनसीसी बैंकको दुई करोडमाथिको कारोबार भएको छ । प्रभु बैंक, सिद्धार्थ बैंक, मेगा बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

काबेली विकास बैंक र विजय लघुवित्तका सेयरधनीले क्रमशः ९.६५ र ५.८३ प्रतिशतका दरले कमाएका छन् । साल्ट ट्रेडीङ, प्रोग्रेसिभ फाइनान्स, एनएमबि हाइब्रिड फण्ड, सिद्धार्थ इक्विटी फण्ड, नेपाल इन्स्योरेन्स, सिटिजन्स म्युचुअल फण्ड, वल्र्ड मर्चेन्ट बैंकिङ, युनिलिभर नेपाल लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, मल्टिपर्पोज फाइनान्स र ङादी ग्रुप पावरका सेयरधनीले क्रमशः ९.२७ र ५.४५ प्रतिशतका दरले गुमाएका छन् । युनाइटेड इन्स्योरेन्स, सिन्धु विकास बैंक, युनाइटेड मोदी हाइड्रो, आईसीएफसी फाइनान्स, रैराङ हाइड्रो, स्वरोजगार लघुवित्त, अरुण काबेली पावर, श्री इन्भेष्टमेन्ट फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *