सेयर बजारमा दोहोरो अंकको गिरावट, ३० कम्पनीका सेयरधनीले मात्रै कमाए

आइतबार सेयर बजार १०.७९ अंकको गिरावटसँगै १२१८.९८ अंकमा कायम भएको छ । सबै उपसूचक घटेका छन् । कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा १६६ वटा कम्पनीको १२ लाख ७२ हजार एक सय आठ कित्ता सेयर चार हजार चार सय ८७ पटक खरिदविक्री हुँदा जम्मा ३२ करोड ७० लाख २५ हजार सात सय ४१ रुपैयाँको कारोबार भएको छ । 

एनआईसी एशिया बैंक र एनएमबि बैंकको दुई करोड तथा कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सेञ्चुरी बैंक प्रोमोटर, प्रभु बैंक र सिद्धार्थ बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । सानिमा बैंक, नेपाल लाइफ इन्स्योरेन्स र नविल बैंकको क्रमशः ९२ लाख, ८२ लाख र ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

जम्मा ३० वटा कम्पनीका सेयरधनीले कमाएका छन् । जानकी फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.६० प्रतिशतले कमाएका छन् । काबेली विकास बैंक, सूर्योदय लघुवित्त, ग्लोबल आईएमई समुन्नत स्कीम, श्रीराम सुगर मिल्स, बुटवल पावर कम्पनी, आरम्भ माइक्रोफाइनान्स, सानिमा इक्विटी फण्ड, एभरेष्ट बैंक, सिद्धार्थ इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, ग्रीन डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, विलय लघुवित्त, कालिका माइक्रोक्रेडिट र भार्गव विकास बैंकका सेयरधनीले क्रमशः ९.३५, ७.०१, ५.६४, ५.५८ र ५.२६ प्रतिशतका दरले गुमाएका छन् । रिलायन्स फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर, नागबेली लघुवित्त, समिट माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *