सेयर बजारमा सोमबार पनि गिरावट कायमै

सोमबार पनि सेयर बजार ओरालो लागेको छ । उत्पादनमूलक र माइक्रोफाइनान्सबाहेक सबै उपसूचक आरालो लगेपछि नेप्से परिसूचक ८.१० अंकको गिरावटसँगै १२१०.८८ अंकमा कायम भएको छ । दिनभरिमा १६२ वटा कम्पनीको ११ लाख ५९ हजार दुई सय ७२ कित्ता सेयर तीन हजार सात सय ९४ पटक खरिदविक्री हुँदा २७ करोड ७४ लाख २२ हजार नौ सय ६७ रुपैयाँको कारोबार भएको छ ।

हाथवे फाइनान्स प्रोमोटरको सबैभन्दा धेरै कारोबार भएको छ, जसको झन्डै तीन करोडको कारोबार भएको छ । ग्लोबल आईएमई बैंकको पनि दुई करोडमाथिको कारोबार भएको छ । एनआईसी एशिया बैंक र कुमारी बैंकको एक करोडमाथिको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा एनएमबि बैंक, प्राइम बैंक, प्रभु बैंक, नविल बैंक, सृजना फाइनान्स प्रोमोटर र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् । 

सपोर्ट माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ९.६३, ८.०८, ७.८७ र ५.७० प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, स्वदेशी लघुवित्त, नेरुडे लघुवित्त, मेगा बैंक, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, अरुण काबेली पावर, युनिलिभर नेपाल लगायत ३६ कम्पनीका सेयरधनीले कमाएका छन् ।

यता, ग्रीन डेभलपमेन्ट बैंक, सृजना फाइनान्स र सिद्धार्थ इन्स्योरेन्सका सेयरधनीले क्रमशः ९.५२, ६.१४ र ५.०२ प्रतिशतका दरले गुमाएका छन् । सप्तकोसी डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, ज्योति विकास बैंक, छ्याङ्दी हाइड्रो, समता माइक्रोफाइनान्स, सिभिल लघुवित्त, एनबि बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *