साउदी अरब जाने कामदारको ज्याला बढ्यो

साउदी अरबमा काम गर्न जाने कामदारका लागि ६ वर्षपछि न्यूनतम ज्यालामा पुनरावलोकन भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले स्विकृत गरेको छ । 

अब साउदी जाने नेपाली कामदारले न्यूनतम ज्याला १००० रियाल र खाना भत्ता ३०० रियालदेखि अधिकतम ज्याला ११००० रियाल र खानाभत्ता ५०० रियाल पाउने भएका छन् । यसअघि ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० रहेकोमा नयाँ व्यवस्था अनुसार ज्याला १००० रियाल र खाना भत्ता ३०० नेपाली अदक्ष कामदारले पाउनेछन् । 

साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ । अब राजपत्रमा प्रकाशित भएको मितिदेखि बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणीकरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *