१२५५.०७ अंकमा सेयर बजार, साढे ५५ करोडको कारोबार

साताको अन्तिम दिन सेयर बजार ३.७४ अंकको गिरावटसँगै १२५५.०७ अंकमा कायम भएको छ । होटल, विकास बैंक र अन्यबाहेक कारोबार भएका सबै उपसूचक घटेका छन् । दिनभरिमा १६७ वटा कम्पनीको २० लाख १५ हजार आठ सय २९ कित्ता सेयर पाँच हजार नौ सय ६६ पटक खरिदविक्री हुँदा जम्मा ५५ करोड ५० लाख ६१ हजार पाँच सय दुई रुपैयाँको कारोबार भएको छ ।

सानिमा माई हाइड्रोको सात करोड, एनआईसी एशिया बैंकको चार करोड, एनएमबि बैंकको तीन करोड तथा प्रभु बैंक, नेपाल बैंक, देवः विकास बैंक, स्वरोजगार लघुवित्त, एसियन लाइफ इन्स्योरेन्स प्रोमोटर, नेपाल इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ ।

ग्लोबल आईएमई समुन्नत स्कीमका सेयरधनीले १० प्रतिशतले कमाएका छन् । एनआईसी एशिया बैंक, देवः विकास बैंक, सेन्ट्रल फाइनान्स, छ्याङ्दी हाइड्रो, कन्काई विकास बैंक, गोर्खाज फाइनान्स, मेरो माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त, बुटवल पावर कम्पनी लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, सिनर्जी पावरका सेयरधनीले ५.८८ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, हिमालयन पावर पार्टनर, युनाइटेड फाइनान्स, अरुण भ्याली हाइड्रो, सानिमा इक्विटी फण्ड, हिमालयन डिस्टीलरी, महिला  सहयात्रा माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, लुम्बिनी जनरल इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *