नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार अर्ब नाघ्यो

मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । अन्यबाहेक सबै उपसूचक हरियो भएपछि नेप्से परिसूचक २२.३७ अंकको वृद्धिसँगै १२८०.०५ अंकमा पुगेको छ । दिनभरिमा १७३ वटा कम्पनीको ४२ लाख ४२ हजार छ सय ३३ कित्ता सेयर नौ हजार सात सय ३० पटक खरिदविक्री हुँदा एक अर्ब आठ करोड १० लाख ६६  हजार दुई सय २२ रुपैयाँको कारोबार भएको छ ।

प्रभु बैंकको साढे आठ करोड, एनआईसी एशिया बैंकको झन्डै छ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको झन्डै साढे पाँच करोड, जनता बैंक र नेपाल बैंकको पाँच करोड तथा एनएमपब बैंक, सानिमा बैंक, कुमारी बैंक र प्राइम बैंकको चार करोडमाथिको सेयर कारोबार भएको छ । एनसीसी बैंकको साढे तीन करोडको कारोबार भएको छ ।

भार्गव विकास बैंक, सनराइज बैंक र प्रभु बैंकका सेयरधनीले क्रमशः ९.८२, ८.५७ र ७.३६ प्रतिशतले कमाएका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सेयरधनीले छ प्रतिशत तथा जनता बैंक, मेगा बैंक, एनबि बैंक, सिभिल बैंक, सेञ्चुरी बैंक लगायतका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीले कमाएका  छन् ।

जम्मा ३५ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । गोर्खाज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.५४ प्रतिशतका दरले गुमाएका छन् । सिनर्जी पावर, सिभिल लघुवित्त, अपि पावर कम्पनी, सिटिजन्स म्युचुअल फण्ड, रैराङ हाइड्रो, दिव्यश्वरी हाइड्रो, अरुण कोबली पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, मिर्मिरे लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *