बुधबार घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट

मंगलबार दोहोरो अंकले बढेको सेयर बजार बुधबार घटेको छ । अन्य र जीवन बीमा बाहेक सबै उपसूचक  ओरालो लागेपछि नेप्से परिसूचक २.३१ अंकको गिरावटसँगै १२७७.७४ अंकमा कायम भएको छ । दिनभरिमा १७१ वटा कम्पनीको ४५ लाख ७७ हजार नौ सय ९३ कित्ता सेयर आठ हजार आठ सय ९० पटक खरिदविक्री हुँदा ९० करोड ९९ लाख १४ हजार छ सय २० रुपैयाँको कारोबार भएको छ ।

कुमारी बैंक र एनएमबि बैंकको छ करोड, नेपाल बैंक, सिभिल बैंक, प्रभु बैंक र मेगा बैंकको चार करोड, क्यापिटल मर्चेन्ट बैंकको तीन करोड तथा एनआईसी एशिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा बैंक लगायतको दुई करोडमाथिको सेयर कारोबार भएको छ ।

समता माइक्रोफाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक र भार्गव विकास बैंकका सेयरधनीले क्रमशः ९.९३, ७.८३ र ५.५९ प्रतिशतका दरले कमाएका छन् । गोर्खाज फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, वल्र्ड मर्चेन्ट बैंकिङ, नविल इक्विटी फण्ड, जनउत्थान सामुदायिक लघुवित्त, मेरो माइक्रोफाइनान्स, सिभिल लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र ङादी ग्रुप पावरका सेयरधनीले क्रमशः ५.७९ र ५.२९ प्रतिशतका दरले गुमाएका छन् । बोटलर्स नेपाल, रिडी हाइड्रो, कैलाश विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, सेन्ट्रल फाइनान्स, आईसीएफसी फाइनान्स, स्वदेशी लघुवित्त, मञ्जुश्री फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *