स्टक क्लियरेन्स मेला सुरु, दशैंका लागि एकै छानामुनी सस्तो मूल्यमा सामान

दशैंका लागि आवश्यक सामग्री किन्न कता जाने भन्ने योजना बनाउँदै हुनुहुन्छ भने एकै छानामुनी सस्तोमा धेरै किसिमका सामान किन्न पाइने भएको छ । दशैंलाई लक्षितगर्दै राजधानीको भृकुटीमण्डमा स्टक क्लियरेन्स मेला सुरु भएको छ ।

बजारको तुलनामा सस्तो मूल्यमा सामान उपलब्ध गराउने उद्धेश्यले मेला सुरु भएको हो । एकै छानामुनी स्वदेशी तथा विदेशी ब्राण्डका वस्तु तथा सेवाउपलब्ध गराउन इभेण्ट सोलुसन प्रालिले मेलाको सञ्चालन गरेको हो । मेलालाई नेपाल चेम्बर अफकमर्शले प्रवद्र्धन गरेको छ । 

मेलाको उद्घाटन गर्दै चेम्बर अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले चाडपर्वका समयमा आयोजना हुने मेलाले आम उपभोक्तालाई धेरै सहजहुने गरेको बताए । मेला तथा एक्स्पो आयोजना हुने क्रम बढ्दै गएपनि ठुलो प्रदर्शनी स्थलको अभावले समस्या हुने गरेको उनको भनाई थियो । सरकारले जग्गा मात्र उपलब्ध गराएको खण्डमा आफुहरु प्रदर्शनीस्थल तयार गर्न अग्रसर हुने उनले बताए ।

वर्षेनीआयोजनाहुँदै आएको एक्स्पोलाई यस पटक पनिनिरन्तरतादिँदै ‘दशैंको बेला सस्तो मेला’नारा दिइएको छ । ५दिनसम्मचल्ने एक्स्पोमादशैंका लागिआवश्यकसबै किसिमकासामाग्रीहरुसस्तो मूल्यमाकिनमेल गर्न पाइने आयोजक संस्थाइभेण्ट सोलुसनप्रालिकाप्रबन्धनिर्देशकविजयसागर प्रधानले बताए । 

‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरु छन् ।मेलामाबजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ ।’प्रधानले भने । नेपाल, भारत तथा बंगलादेश लगायत मुलुकका व्यवसायीहरु मेलामा सहभागि छन् ।

राजधानीका साथै राजधानी आसपासका उपभोक्ताले मेलाबाट लाभलिन सक्ने छन् भने बिक्रेताहरुले पनि एकै स्थानमा फरक किसिमका उत्पादन बिक्री गर्न पाउने छन् । 

५० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यक वस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ । मेला असोज १५ गतेसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *