दोहोरो अंकले घट्यो सेयर बजार, २६ कम्पनीका सेयरधनीले मात्रै कमाए

आइतबार सेयर बजार १०.४७ अंकले घटेर १२५६.७१ अंकमा कायम भएको छ । व्यापारबाहेक सबै उपसूचक घटेका छन् । दिनभरिमा १६६ वटा कम्पनीको २० लाख ८२ हजार नौ सय २० कित्ता सेयर पाँच हजार सात सय ५४ पटक खरिदविक्री हुँदा ५८ करोड २२ लाख ५० हजार  आठ सय २८ रुपैयाँको कारोबार भएको छ ।

ग्लोबल आईएमई बैंकको झन्डै साढे छ करोडको कारोबार भएको छ । सोल्टी  होटलको पाँच करोड, एनआईसी एशिया बैंकको तीन करोड तथा नेपाल बैंक र प्रभु बैंकको दुई करोडमाथिको सेयर कारोबार भएको छ । माछापूच्छ्रे बैंक, मेगा बैंक, जनता बैंक, सानिमा माई हाइड्रो लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ ।

जम्मा २६ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै साल्ट ट्रेडिङका सेयरधनीले ३.८५ प्रतिशतका दरले कमाएका छन् । बेष्ट फाइनान्स, निर्धन उत्थान लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड, अपि पावर कम्पनी, नाडेप लघुवित्त, गोर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, एभरेष्ट इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, महालक्ष्मी विकास बैंकका सेयरधनीले ६.२५ प्रतिशतका दरले गुमाएका छन् । स्वदेशी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, नेशनल माइक्रोफाइनान्स, वोमी माइक्रोफाइनान्स, उन्नति माइक्रोफाइनान्स, नयाँ नेपाल लघुवित्त, नविल इक्विटी फण्ड, किसान माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *