सोमबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट, २२ कम्पनीका सेयरधनीले मात्रै कमाए

सोमबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । उत्पादनमूलक र व्यापारबाहेक सबै उपसूचक घटेपछि समग्र नेप्से परिसूचक १८.०४ अंकको गिरावटसँगै १२३८.६७ अंकमा कायम भएको छ । दिनभरिमा १६५ वटा कम्पनीको १७ लाख ६१ हजार आठ सय १७ कित्ता सेयर पाँच हजार सात सय ९७ पटक खरिदविक्री हुँदा ५३ करोड ९६ लाख तीन हजार नौ सय ३५ रुपैयाँको कारोबार भएको छ ।

नेपाल बैंकको सात करोड तथा एनएमबि बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, सानिमा माई हाइड्रो र प्रभु बैंकको दुई करोडमाथिको कारोबार भएको छ । मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

जम्मा २२ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । नाडेप लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९६ प्रतिशतका दरले कमाएका छन् भने हिमालयन डिस्टीलरीका सेयरधनीले ५.३५ प्रतिशतले कमाएका छन् । सिनर्जी पावर, वल्र्ड मर्चेन्ट बैंकिङ, बोटलर्स नेपाल, फस्र्ट माइक्रोफाइनान्स, सृजना फाइनान्स, खानीखोला हाइड्रो, राधी विद्युत् कम्पनी, विजय लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, भार्गव विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.०४ प्रतिशतका दरले गुमाएका छन् । सांग्रिला डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, पूर्णिमा विकास बैंक, कन्काई विकास बैंक र कञ्चन डेभलपमेन्ट  बैंकका सेयरधनीले क्रमशः ६.१३, ६.०४, ५.५५, ५.१० र ५.०२ प्रतिशतले गुमाएका छन् । वोमी माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, मिर्मिरे लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *