३.२३ अंकको गिरावटसँगै १२२७.३७ अंकमा सेयर बजार

साताको अन्तिम दिन सेयर बजार ३.२३ अंकको गिरावटसँगै १२२७.३७ अंकमा कायम भएको छ । व्यापार, फाइनान्स र जीवनबीमा बाहेक सबै उपसूचक घटेका छन् । दिनभरिमा १६५ वटा कम्पनीको १५ लाख ८२ हजार पाँच सय ५८ कित्ता सेयर पाँच हजार चार सय ४० पटक खरिदविक्री हुँदा ४२ करोड ८६ लाख ४४ हजार छ सय छ रुपैयाँको कारोबार भएको छ ।

एनएमबि बैंकको तीन करोड, माछापूच्छ्रे बैंकको दुई करोड तथा प्रभु बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, कुमारी बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, सिभिल बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

नाडेप लघुवित्तका सेयरधनीले १० प्रतिशतले कमाएका छन् । प्रोग्रेसिभ फाइनान्स, समता माइक्रोफाइनान्स, सेन्ट्रल फाइनान्स, मञ्जुश्री फाइनान्स, खानीखोला हाइड्रो, काबेली विकास बैंक, महालक्ष्मी विकास बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, एनआईबिएल समृद्धि फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, मल्टिपर्पोज फाइनान्सका सेयरधनीले ९.३४ प्रतिशतले गुमाएका छन् । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त, गोर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्स्योरेन्स, एनएमबि माइक्रोफाइनान्स, सिटिजन्स बैंक, महिला सहयात्रा माइक्रोफाइनान्सलगायतका सेयरधनीले पनि गुमाएका छन् ।   

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *