सुनधारामा खुल्यो सिटीसी मोबाइल हब, दशैं धमाकामा ६० प्रतिशतसम्म छुट

राजधानीको पार्किङ समस्यालाई ध्यानमा राखेर यथेष्ट मात्रामा निःशुल्क पार्किङ सहित राजधानीको सुनधारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणा सहित एक कार्यक्रमका बिच बिहीबार सिटीसी मोबाइल हबको औपचारिक सुरुवात गरिएको हो । 

मोवाइल सम्बन्धि सबै सेवा एकै छानामुनी दिने लक्ष्यसहित दशैंको पुर्वसन्ध्यामा दशैं धमाका मोबाइल मेलाको आयोजना गर्दै मोबाइल हबले आफ्नो उपस्थिती जनाएको हो । नयाँ मोवाइल गन्तव्यका रुपमा लिइएको मोबाइल हबले भारी छुट सहित मोबाइल मेला सुरु गरेको हो । 

असोज ३१ गतेसम्मसञ्चालनहुने दशैधमाकासाथै अफर भित्रपनिअफर नामकमोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउनेछन् । शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण गरिनेछ । पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निशुल्क पार्किङ पर्याप्त मात्रामा रुपमा उपलब्ध हुनेछ । 

सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा बिश्व बजारका चल्तीका २०भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांश ब्राण्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइल हबमा उचित गन्तव्य बन्ने छ । 

नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सिर्भस सेण्टर मोबाइलहबमा छन् । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइलहबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिलजोनको समेत व्यवस्था छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *