माघ महिनामा ७२ अर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो

माघ महिनामा नेपालमा ७२ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघ महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । पुष महिनामा ४ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । माघ महिनामा तुलनात्मक रुपमा डलरको भाउ केही बढेकाले रेमिट्यान्स वृद्धि बढेको देखिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा रेमिट्यान्समा भएको वृद्धिका कारण शोधानान्तर स्थिति घाटा पनि पुष महिनामा भन्दा घटेको छ । विदेशी विनिमय सञ्चितिपनि पुषमा भन्दा माघमा २० अर्ब १६ करोड रुपैयाँले वृद्धि भई १० खर्ब ७८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *