पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।

निगमका अनुसार बैशाख १९ गते राती १२ बजेदेखि बढेको मूल्य लागू भएको छ । पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १ /१ रुपैयाँ मूल्य बढेको छ । काठमाडौंँको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रति लिटर १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य रु ९८ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य बढेकाले मूल्य बढाउनुपरेको गोइतले बताए ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *