प्रभु बैंकले कमायो १ अर्ब ४५ करोड नाफा, प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३४ पैसा

८ अर्ब २३ करोड ३९ लाख ५८ हजार ८ सय २४ रुपैयाँ चुक्ता पूँजी भएको प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४५ करोड ८० लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ५७ दशमलव ७० प्रतिशतले बढी हो । गत वर्ष ९२ करोड ४५ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

ब्याज आम्दानी
चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ७३ दशमलव ६८ प्रतिशतले बढेर ३ अर्ब ३८ करोड ५६ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९४ करोड ९३ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

निक्षेप तथा कर्जा
चैत मसान्तसम्म बैंकले १ खर्ब ७ अर्ब ४३ करोड ५३ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरेर ८९ अर्ब ९३ करोड ६७ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै ९ अर्ब ९ करोड १९ लाख ५ हजार रुपैंमा विभिन्न सेक्युरिटिजमा लगानी गरेको छ ।

सूचकहरु
बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३४ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात १० दशमलव ६७, सम्पत्तिमा आम्दानी १ दशमलव ५२ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ७० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै तरलता आनुपात २३ दशमलव ९५ प्रतिशत रहेको छ ।

नाफासँगै बैंकका वित्तीय परिसूचकमा पनि सुधार देखिएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात २ दशमलव ४२ प्रतिशतमा झरेको छ । यसअघि यस्तो अनुपात ३ दशमलव ९० प्रतिशत थियो । लोन लस प्रोभिजन ७५ प्रतिशतबाट बढेर १ सय ३० प्रतिशत पुगेको छ ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *