आधा दर्जन वाणिज्य बैंकको मर्जर प्रतिवद्धता अझै आएन

बैंकिङ खबर । मौद्रिक नीति सार्वजानीक हुनुभन्दा नै पहिले वाणिज्य बैंकहरु ‘बिग मर्जर’ मा जुटेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अहिलेसम्म २० वाणिज्य र ३ विकास बैंकले मर्जरका लागि प्रतिवद्धता राष्ट्र बैंकमा बुझाएका हुन् । मौद्रिक नीति सार्वजानकि हुनु भन्दा अगाडि नै सबै बैंक तथा वित्तीय संस्था बिशेषतः ठुला बैंकहरुको मर्जर प्रतिवद्धता राष्ट्र बैंकले मागेको थियोे ।

तर मौद्रिक नीति सार्वजानीक हुन केही दिनमात्र बांकी रहन्दाँ समेत अझै आधा दर्जन भन्दा बढी वाणिज्य बैंकहरुले मर्जरको लिखित प्रतिद्धता बुझाएका छैनन् ।

जसमा प्रभु बैंक, बैंक अफ काठमाण्डु, एभरेष्ट बैंक, प्राइम कर्मशियल बैंक, नविल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकले मर्जरमा लिखित प्रतिवद्धता नदिएको राष्ट्र बैंकले बताएको छ ।

यस्तै केही वाणिज्य बैंकहरुले भने राष्ट्र बैंकले मर्जरको प्रतिवद्धता जनाएर आगामी मौद्रिक नीतिलाई सहयोग गर्न निर्देशन गरेसँगै मर्जरका लागि तत्परता देखाएका छन् ।

सिटिजन्स बैंकले सहयोगी विकास बैंकसँग मर्जरको सहमति गरिसकेको छ । त्यस्तै ग्लोवल आइएमई बैंकले जनता बैंकसँग मर्जरको प्रारम्भिक सम्झौता गरिसकेको छ ।

अहिले एनएमबी बैंक, सनराईज बैंक तथा सिटिजन्स बैंकले मर्जरका लागि अन्य बैंकहरुसँगको छलफललाई तिव्र पारेको छ । सनराईज बैंकका सिईओ केहि दिनअघिदेखि नेपाल बाहिर रहेका थिए । सनराईज बैंकका सुचना अधिकारी अपोच कुमार यादवले बैंकिङ खबरसँग भने, ‘उहाँ फर्किसक्नुभयो, अब मर्जरको लागि हामी तिव्र छलफल गरिहेका छौं, चाडै निश्कर्षमा पुग्छौं ।’ हाल सनराइज बैंक र महालक्ष्मी विकास बैंकबिच मर्जर केही छलफलहरु भइरहेको जनाइएको छ । सुचना अधिकारी यादवका अनुसार, सनराईज बैंकको शुक्रबार (भोलि) बोर्ड अफ डाईरेक्टरको बैठक बस्दैछ । उक्त बैठकपछि कोसँग मर्जर गर्ने भन्ने कुरा टुंगिन्छ ।

यस्तै, सिटिजन्स बैंकले सहयोगी विकास बैंकसँग मर्जरको सम्झौता गरिसकेको छ । बैकका सुचना अधिकारीका अनुसार मर्जरपछि सम्पूर्ण व्यवस्थापन सिटिजन्सको हुनेछ । उनले आवश्यकताअनुसार कर्मचारी व्यवस्थापन गर्ने बताउँदै अन्य बैंकसँग पनि मर्जरको लागि छलफल भैरहेको बताए ।

यस्तै, स्ट्याण्डर्ड चार्टड बैंकले राष्ट्र बैंकलाई पत्राचार गर्दै आफुहरुको माउ कम्पनीको मर्जरमा जाने नीति नभएकाले मर्जरमा जान नसक्ने बताएको छ । साथै नेपाल बंगलादेश बैंकले पनि मर्जरमा जानका लागि प्रतिवद्धता पत्र पठाईसकेको छ । यद्यपी बैंकले आफ्नो साझेदारसँग थप छलफल आवश्यक रहेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले यसै साता मौद्रिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीति अगावै बैंकहरुलाई मर्जरमा जान प्रतिवद्धता गर्नका लागि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले निर्देशन दिएका थिए । त्यसै निर्देशनको पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरुले ‘बिग मर्जर’का लागि आवस्यक प्रक्रिया जारी राखेका छन् ।

Please follow and like us:
error0

Leave a Reply

Your email address will not be published. Required fields are marked *